देश अनिर्णयको अवस्थामा : वरिष्ठ नेता पौडेल



?????????????????????????????????????????????????????????

नेपाल समाचारपत्र, तनहुँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश अनिर्णयको अवस्थामा रहेको बताउनुभएको छ । देशको राजनीति गति अवरुद्ध भएको बसेको छ, अनिर्णयको बन्दी बनेर बसेको उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेस व्यास नगर समितिद्वारा आयोजित नेपालीहरुको महान् पर्वहरुको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सो बताउनुभएको हो ।

कांग्रेसले जन–जनमा चहलपहल ल्याएको पौडेलले बताउनुभयो । ‘कांग्रेसको अधिवेशनले देशमा जागरण पैदा गरेको छ, लोकतन्त्र जागरणको चरणमा आएको छ । लोकतान्त्रिक जागरणको चरणमा आएको छ । लोकतन्त्रलाई सही परिणाममा पुर्‍याउनु हाम्रो कर्तव्य हो’, नेता पौडेल भन्नुहुन्छ– ‘कांग्रेसको गीत हराउनु हुँदैन, अहिले कांग्रेसले एउटै लक्ष्य राख्नुहोस् र एकताले निर्वाचनमा पछि जित निकाल्न सहयोग गर्नेछ । देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएकाले अहिले हाम्रो कर्तव्य लोकतन्त्रलाई निकास दिनु हो ।’

समयावद्ध तबरबाट काम गरौं भनेर पार्टीमा आवाज उठाएको सुनाउँदै उहाँले पार्टीको समयमा अधिवेशन गर्नपर्छ भन्ने मेरो सिद्धान्त नमान्दा समस्यामा पुगेको राजनीति नै जगडिएर बस्ने अवस्थामा पुगेको पौडेलको भनाइ छ । पार्टींको विधानले डाँडो काटिसकेको अवस्थामा पार्टीको वैधानिकता हराउने अवस्थामा ढिलै भए पनि निर्वाचन गर्छौं भनेर निर्वाचन आयोगसँग माफी मागेर भए पनि निर्वाचन गरेको उहाँको दाबी छ ।

‘देशमा कम्युनिस्ट प्राविधिकरूपमा नै फुटिसकेको थियो, केपी ओलीले अध्यादेशबाट सरकार चलाउनुपरेको थियो, हाम्रो सरकारले त्यस्तो गर्ने अवस्था नआओस्’, पौडेल भन्नुहुन्छ– ‘समयमा सुझाव दिने हो, पार्टीमा एकता कायम गर्नुपर्छ, पार्टीमा न्याय, निष्पक्षता, पारदर्शिता, मूल्यांकन हुनुपर्छ ।’ कम्युनिस्ट सरकारले ल्याएको अविश्वासको प्रस्तावलाई कांग्रेसले साथ दिएर नेतृत्व मात्रै लिएको उहाँले स्पष्ट पार्नुभयो ।

‘कांग्रेसले जित्नु भनेको कम्युनिस्टको अधिनायकवादबाट सरकार बचाउनु हो, कांग्रेसले बचाउने गरी अगाडि बढ्नुपर्छ, कांग्रेस बलियो हुनु पनि हो र लोकतान्त्रिक पार्टीको संरक्षण हुनु हो ।’ –पौडेलले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेस अहिले विश्वास गर्ने पार्टी बनेको बताउनुभएको थियो । उहाँले मर्यादा, अनुशासन, शालीनता कायम गर्दै पार्टीलाई एकजुट बनाएर आगामी निर्वाचनमा जित सुनिश्चित गर्नतर्फ सचेत हुनुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेललाई कांग्रेसको सभापति बनाउनतर्फ आफू चिन्तनमा रहेको उहाँको भनाइ छ ।

त्यस्तै, कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, धु्रव वाग्ले, तनहुँ कांग्रेस सभापति वैकुण्ठ न्यौपाने, पूर्वसभापति रघुनाथ पौडेललगायतले कांग्रेसलाई बलियो बनाउन बीच बाटोमा बसेर शान्तिपूर्वक समन्वय र समीक्षा गर्दै बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्