त्रिशुली नदीमा एक युवकको शव फेला



चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका-वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको युवकको शव फेला परेको हो ।  प्रहरीले सो क्षेत्र नजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्