रत्न र सुनिलको जोडीको विजयी सुरुवात



न्युज अफ नेपाल, काठमाडौं

११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ मा पुरुष युगल तर्फ बिजयी सुरुवात गर्न सफल भएको छ । रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

बालकुमारी रिमिक्स क्लबको आयोजनामा बिहिबाारदेखि सुरु भएको प्रतियोगितामा महालक्ष्मी टोल विकासका रञ्जित घतानी र सुक्र तामाङ्गको जोडी ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडी संग २१–१०, २१–१२ को सेटमा पराजित हुन पुगे ।आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताका पुरुष युगलका अन्य खेलमा आयोजक क्लबका राजेन्द्र महर्जन लापा र ए महर्जनको जोडीले भानुदयका अजय महर्जन र सुजन महर्जनको जोडीलाई २१–४, २१–१२ ले, किशोर ब्यञ्जनकार र किरण महर्जनको जोडीले चासिडोल युवा क्लबका अनुप गौतम र राम कुमार थापाको जोडीलाई २१–११, २१–१० ले, प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्वल दाहाल र श्रृजन ताम्राकारको जोडीले रिभाईभका सन्तोष भट्टराई र मुकुन्द थापाको जोडीलाई २१–१४, २१–१५ ले, आयोजकका सुजिप महर्जन र उज्वल शाक्यको जोडीले ईमाडोल ब्याडमिन्टन स्पोर्टस्का राजु घिमिरे र प्रविन कार्कीको जोडीलाई २१–१७, २१–१६ ले, सुनाकोठी ब्याडमिन्टन क्लबका रविन्द्र महर्जन र राजकृष्ण महर्जनको जोडीले महाबौद्ध युथ क्लबका आर्यन शाक्य र सुमेध शाक्यको जोडीलाई १३–२१, २१–१५, २१–१५ ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरे ।

यस्तै गरि दोश्रो चरण प्रवेश गर्ने अन्यमा आयोजकका ज्ञानेन्द्र महर्जन र कपिल महर्जनको जोडी तथा दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी, योङ्गस्टार ब्याडमिन्टन क्लबका शान्ता शाक्य र सुशन शाक्यको जोडी, आयोजक रिमिक्सका दिप्रिश मुनि बज्राचार्य र सुमन शाक्यको जोडी, बालकुमारी ब्याडमिन्टन क्लबका चन्द्र महर्जन र सुरेन्द्र मजर्हनको जोडी, श्री बालकुमारी सृजन क्लबका दीपक थापा मगर र राजेश थापा मगरको जोडी, सैवु ब्याडमिन्टन सर्कलका शान राई र अन्जन थापाको जोडी, रिभाईभका राम के.सी. र अजय थापाको जोडी, आयोजकका प्रदीप पौडेल र राजेश रुम्बाको जोडी, क्लब ७ का थम राना र रमेश ठकुरीको जोडी, ईमाडोल ब्याडमिन्टन स्पोर्टस्का हरि दर्नाल र कृष्ण खड्काको जोडी रहेका छन् ।

ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० -याङिकङ्ग बाहेकका पुरुष युगल र ४५ बर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा बिजयी शिर्ष तिनका टिमले मेडल, ट्रफी, प्रमाण पत्रका साथै पुरुष युगल तर्फ प्रथमले ६५ हजार, द्वितीयले ४० हजार र तृतीय द्वयले २०–२० हजार तथा भेट्रान्स तर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीय द्वयले १०–१० हजार प्राप्त गर्ने संयोजक चित्रकारले बताए ।

प्रतिक्रिया दिनुहोस्