नेपाल हङकङसँग बराबरीमा रोकियो



नेपाल समाचारपत्र, काठमाडौं ।

आगामी एएफसी महिला एसियन कप २०२२ छनोट हुने अभियानमा लागेको नेपाली महिला फुटबल टोली हङकङसँग गोलरहित बराबरीमा रोकियो । योसँगै नेपाली टोली एसियन कपमा छनोट हुने यात्राबाट बाहिरिएको छ । जित निकाल्नै पर्ने खेलमा नेपाली टोलीले बराबरी नतिजा बेहोर्‍यो । उज्वेकिस्तानको माजमुएसी रंगशालामा भएको खेलमा नेपालले हङकङलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन । यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग अग्रता लिएर पनि २–१ ले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्