राष्ट्रपति पदमा बक्सर मेनीको उम्मेदवारी


लन्डन, (एजेन्सी) ।

फिलिपिन्सको राष्ट्रपति पदका लागि विश्वचर्चित फिलिपिनो बक्सर मेनी प्याक्याउले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बक्सर मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मेनीले सत्तारुढ दल पीडीपी–लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिनेछन् । ४२ वर्षीय मेनी फिलिपिन्सको संसद्को सिनेटर रहेका छन् ।

उनले गरिबी र भ्रष्टाचारविरोधी अभियान चलाउने बताइएको छ । मेनी फिलिपिन्समा लोकप्रिय व्यक्तित्व मानिन्छ । खेल क्षेत्रमा उनको नाम उच्च स्थानमा रहेको छ । उनी बक्सिङको फरक–फरक आठ तौल समूहको उपाधि जित्ने अहिलेसम्मका एक मात्र खेलाडी हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।