एट्लेटिको बराबरीमा रोकियो



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा साविक उपाधि च्याम्पियन एट्लेटिको मेड्रिड नयाँ सिजनको ५ खेल सकिँदा दोस्रोपटक बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिको आफ्नो घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा पाहुना टोली एट्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो । एन्टोनी ग्रिजम्यान र एन्जल कारेरियालाई शुरुआतबाट फ्रन्ट लाइनमा उतारेको खेलमा दोस्रो हाफमा लुइस स्वारेज र जुआओ फेलिक्स मैदान छिरे पनि एट्लेटिकोले कुनै गोल गर्न सकेन । ग्रिजम्यानको स्थानमा स्वारेज ५५औं स्थानमा मैदान छिरेका थिए भने ६०औं मिनेटमा जुआओ फेलिक्स कोरेरियाको स्थानमा मैदान छिरेका थिए ।

फेलिक्स खेलको ७८औं मिनेटमा दोहोरो पहेंलो कार्डको साथ रातो कार्ड खाएर मैदान छाडे । पहिलो कार्ड पाएपछि विवादमा उत्रिएका उनलाई लगत्तै दोस्रो कार्ड दिएर मैदानबाट निकालिएको थियो । अब यो बराबरीपछि एट्लेटिकोको ५ खेलपछि ११ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्