वडा १० र ४ लाई उपाधि



काठमाडौं, (नेस) । 

वडा १० को ‘ए’ टिम र वडा ४ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

वडा १० पुरुष तथा वडा ४ महिलामा च्याम्पियन बने । कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा वडा १० ले वडा ८ लाई ८३–७१ ले पराजित ग-यो ।

कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा ६ लाई ४९–३१ ले हरायो । विजयी टिमका लागि मुना महर्जनले २३ अंक जोडिन् । विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, आयोजक संघका अध्यक्ष विकु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्