रुटसँगै कुकुरलाई पनि अवार्ड



लन्डन, (एजेन्सी) ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले केही दिनअघि आफ्नो प्लेयर अफ द मन्थ अवार्डस्को घोषणा गरेको थियो । यसपटक आईसीसीले पुरुष खेलाडीतर्फ सानदार लयमा रहेका इंग्ल्यान्डका कप्तान जोए रुटलाई अवार्ड दियो । यस्तै, महिलातर्फ आयरल्यान्डकी एमिएर रिचर्डसनलाई सो अवार्ड दिइयो ।

तर, प्लेयर अफ द मन्थ अवार्डको दौरान एक कुकुर सबैभन्दा धेरै लाइमलाइट हासिल गर्न सफल रह्यो । ती कुकुरले सबैको ध्यान खिच्न सफल भयो । आईसीसीले एक सानो पाल्तु कुकुरलाई पनि अवार्ड दियो । आईसीसीले कुकुरको फोटो सेयर गरेर क्याप्सनमा आईसीसी ‘डग अफ द मन्थ स्पेसल अवार्ड’ लेखिएको थियो ।

आईसीसीले आफ्नो ट्विटरमा डेजल द डग को एक फोटो पोस्ट गरेको थियो । जसमा कुकुरले बल मुखमा राखिरहेको देखिएको थियो । साथै, आईसीसीले लेखेको थियो—‘यस पटक हामीसँग ‘प्लेयर अफ द मन्थ’ अवार्डको लागि अर्को विनर छ । ’

आईसीसीले डेजल द डग लाई एक होइन दुई अवार्ड दिएको थियो । यो अवार्ड प्लेयर अफ द मोेमेन्ट र बेस्ट फिल्डर इन आयरल्यान्ड क्रिकेट रहेका छन् । आईसीसीले भिडियो पनि सेयर गरेको र लेखेको थियो—‘फिल्डमा यो असाधारण फिल्डिङको दृश्य देख्न लायक थियो ।’
कुकुर मैदानमा

यो कुकुर आयरल्यान्डमा खेलिरहेको एक महिला क्रिकेट खेलमा मैदानमा आएको थियो । यो खेल आयरल्यान्ड महिला टी–२० कपको सेमिफाइनल थियो । ब्रेन्डी क्रिकेट क्लब र सिभिल सर्भिस नर्थ अफ आयरल्यान्ड क्रिकेट क्लबबीच खेलिएको थियो । खेलको ८।४ ओभरमा एबी लेन्कीले थर्ड म्यानको दिशामा बल प्रहार गरेकी थिइन् । यसैबीच, विकेटकिपरको तर्फ फिल्डरले बल फ्याँकेकी थिइन् । विकेटकिपरले पनि बल स्टम्पसमा फ्याँकिन्, तर बल स्टम्प्समा नलागेर अर्को दिशातिर गयो ।

यसै दौरान एउटा कुकुर दौडेर मैदानमा आयो र उसले बल मुखमा टिपेर राख्यो । मैदानमै दौड्न थाल्यो । कुकुरको घाँटीमा पेटी बाँधिएको थियो र उनको पछिपछि एक केटा मैदानमा दौडिरहेका थिए । नन स्ट्राइकर इन्डमा उभिएकी महिला खेलाडीले कुकुरलाई आफ्नोतिर बोलाइन् र बल उनको मुखबाट निकालेकी थिइन् । यो रमाइलो घटनाले खेल केही बेर रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्