एभर्टनको जित



लन्डन, (एजेन्सी) 

प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति सम्पन्न खेलमा एभर्टनले पुनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा एभर्टनले बर्नलेलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । गुडिसन पार्कमा एभर्टनको पुनरागमन जितमा माइकल किन, एन्ड्रोस टाउनसेन्ड र डेमाराई ग्रेले गोल गरे । बर्नलेका बिन मिको गोल सान्त्वना बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५३औं मिनेटमा बिन मिले गोल गर्दै पाहुना टोलीलाई १० को अग्रता दिलाएका थिए । उनले जोहानवर्ग डुगमुडसनको पासमा गोल गरेका थिए । एक गोलले पछि परेको एभर्टनले त्यसपछि ६ मिनेटको अन्तरमा तीन गोल गर्दै सानदार पुनरागमन जित निकाल्न सफल भएको हो । ६०औं मिनेटमा माइकल किनले एन्ड्रोस टाउनसेन्डको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ६५औं मिनेटमा एन्ड्रोस टाउनसेन्डले एब्डुलाए डोउकोउरेको पासमा गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । लगत्तै अर्काे मिनेटमा एब्डुलाए डोउकोउरेको पासमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनको जित पक्का गरे । यो जितसँगै अपराजित रहेको एभर्टन ४ खेलबाट १० अंक जोडेको छ । पराजित बर्नलेको भने एक अंक मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्