मालिंगाले टी–२० बाट पनि सन्न्यास लिए



TOPSHOT – Sri Lanka’s captain Lasith Malinga signals for a TV Umpire review during the third and final international Twenty20 cricket match between Sri Lanka and New Zealand at the Pallekele International Cricket Stadium in Kandy on September 6, 2019 (Photo by LAKRUWAN WANNIARACHCHI / AFP) (Photo credit should read LAKRUWAN WANNIARACHCHI/AFP via Getty Images)

लन्डन, (एजेन्सी) ।

श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । योसँगै उनको क्रिकेट करियर आधिकारिकरूपमा समाप्त भयो । उनले आफ्नो नयाँ युट्युब च्यानलमा यसको घोषणा गरेका हुन् । मालिंगाले श्रीलंकाका लागि क्रिकेटको तीनै फरम्याटमा कुल ५ सय ४६ विकेट हात पारेका छन् ।

मालिंगाले सन् २०११ मा टेस्ट र सन् २०१९ मा वानडे क्रिकेटबाट सन्न्यास लिएका थिए । यसपछि उनी श्रीलंकाका लागि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका थिए । उनले टी–२० क्रिकेट अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता गरी कुल ३ सय ९० विकेट लिएका छन् ।

मालिंगा टी–२० क्रिकेटको फरम्याटमा चौथो सफल बलरसमेत हुन् । उनी विश्वका सबैभन्दा ठूलो टी–२० लिग आईपीएलमा सबैभन्दा बढी विकेट लिने बलर पनि हुन् । उनले आईपीएलमा १ सय ७० विकेट लिएका छन् । आईपीएलमा मालिंगा मुम्बई इन्डियन्सबाट खेलेका हुन् ।
मालिंगाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८४ खेल खेलेर २०.७९ औसतमा १ सय ७ विकेट लिएका छन् । उनको यो कीर्तिमान धेरै समयसम्म दिगो रहन सक्ने स्थितिमा छैन । बंगलादेशका अलराउन्डर शकिल अल हसनले ८८ खेलमा १ सय ६ विकेट लिइसकेका छन् । मालिंगाले टेस्ट क्रिकेटमा ३० खेलमा १ सय १ विकेट र वानडे क्रिकेटमा २ सय २६ खेलमा ३ सय ३८ विकेट लिएका छन् ।

मालिंगा विश्वका एकल बलर हुन् जसले वानडे र टी–२० अन्तर्राष्ट्रिय खेलमा लगातार ४ बलमा ४ विकेट लिए । यो उपलब्धि कसैले अहिलेसम्म हासिल गर्न सकेका छैनन् । उनले सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । यसपछि सन् २०१७ मा न्युजिल्यान्डविरुद्ध टी–२० क्रिकेटमा उनले ४ बलमा ४ विकेट लिएका थिए ।

मालिंगाले आफ्नो भिडियोमा बताए—‘जसले मलाई समर्थन गरे उनीहरूप्रति मेरो धन्यवाद छ । म मुम्बई इन्डियन्स, मेलबर्न स्टार्ससहित सबै फ्रेन्चाइजी टिमलाई समर्थन गर्ने मेरा साथी खेलाडी, समर्थक र पदाधिकारी साथै मलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्