बक्सिङमा सहभागी हुने खेलाडीको बिदाइ



काठमाडौं, (नेस) ।

रुसको राजधानी मस्कोमा हुने ५८औं वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाल सेनाका खेलाडीलाई सोमबार बिदाइ गरिएको छ । सेनाको त्रिभुवन आर्मी क्लबका ८ जना खेलाडीलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माद्वारा जंगी अड्डामा बिदाइ गरिएको हो । साथै, ७ जना पदाधिकारी पनि मस्कोमा सहभागिता हुनेछन् । प्रतियोगिता यही भाद्र ३१ गतेदेखि असोज १० गतेसम्म आयोजना हुनेछ ।

मस्कोमा हुने बक्सिङ च्याम्पियनसिपमा भाग लिनेमा महिला र पुरुषतर्फ चार÷चार जना खेलाडी रहेका छन् । महिलामा चन्द्रकला थापा, पूनम रावल, मीनु गुरुङ र विमला श्रेष्ठ रहेका छन् । यस्तै, पुरुषमा सुशील थापामगर, दानबहादुर दर्लामी, आशिष दवाडी र प्रेम चौधरी रहेका छन् । जसमध्ये मीनुले ५१ केजी, चन्द्रकलाले ५७ केजी र पूनमले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, सुशीलले ४९ केजी, प्रेमले ५२ केजी, दानबहादुरले ६९ केजी र आशिषले १०६ केजी तौल समूहमा खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्