मिलानसँग लाजियो पराजित



MILAN, ITALY – SEPTEMBER 25: Stefan De Vrij of FC Internazione compete for the ball with Ciro Immobile of SS Lazio during the Serie A match between FC Internazionale and SS Lazio at Stadio Giuseppe Meazza on September 25, 2019 in Milan, Italy. (Photo by Marco Rosi/Getty Images) *** Local Caption *** Ciro Immobile; Stefan De Vrij

रोम, (एजेन्सी) ।

एसी मिलानले इटालियन सिरी ‘ए’ को खेलमा आइतबार राति लाजियोलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

ज्लाटान इब्राहिमोभिचले घुँडाको चोटबाट मुक्त भएर फर्केको खेलमा एक गोल गरेपछि एसी मिलानले घरेलु मैदान सान सिएरोमाथि सहज जित निकालेको हो । नयाँ सिजनमा एसी मिलानको शतप्रतिशत यात्रालाई निरन्तरता दिने क्रममा टोलीका लागि अर्को गोल राफेल लियोले गरेका थिए ।

पहिलो दुई खेलमा साम्पडोरिया र काग्लियारीमाथि जित हासिल गरेको एसी मिलानले अघिल्लो सिजनमा पनि पहिलो तीन खेलमा जित हासिल गरेको थियो । लगातारको सिजनमा मिलानले घरेलु लिगको पहिलो तीन खेल जितेको यो पहिलोपटक हो । लाजियोले पनि नयाँ सिजनका अघिल्ला दुई खेलमा जित हासिल गरेको थियो ।

लियोले जारी सिजनमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको अन्तिम मिनेटमा मिलानलाई अग्रता दिलाएका थिए । इब्राहिमोभिचले ६७औं मिनेटमा अर्को गोल गर्दै मिलानको जित पक्का गरे । मिलानका दुवै गोलमा एन्टे रेबिचले अवसर जुटाएका थिए । स्टेफानो पियोलीको टोलीले खेलमा गोलका लागि थप अवसर पाएको थियो । तर, त्यसको उपयोग गर्न नसक्दा टोलीले जित अन्तर फराकिलो पार्ने मौकाबाट चुक्यो ।

इटालियन सिरी ‘ए’ मा आइतबार राति नै भएको अर्को खेलमा एएस रोमाले पनि घरेलु मैदानमा सासौलोमाथि २–१ को जित निकाल्यो । ब्रायन क्रिस्टान्टेको गोलमा रोमाले मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । जसलाई सासौलोका फिलिप जुरिसिचले ५७औं मिनेटमा बराबरीमा ल्याए । तर, स्टेफन अल शारावीले इन्जुरी समयमा गोल गर्दै रोमालाई तीन अंक दिलाए ।

प्रतिक्रिया दिनुहोस्