नरहरिपुर टिम च्याम्पियन



काठमाडौं, (नेस) ।

नरहरिपुर डोजोले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ३ स्वर्ण, २ रजत र ३ कांस्यका साथ नरहरिपुर समग्रमा टिम च्याम्पियन बन्यो ।

शंखधर साँख्वा डोजोद्वारा आयोजित प्रतियोगितामा वादोकाई दोश्रो भयो । वादोकाईले ३ स्वर्ण र २ कांस्य जित्यो । २ स्वर्ण, १ रजत र १ कांस्य जितेको चन्द्रागिरी बेसिक सितोरियोले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।

करातेतर्फ पुरुषमा लगनखेलका विपिनसिंह दर्जी तथा महिलामा चन्द्रागिरी बेसिककी स्वस्तिका केसी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टले माउन्टेन बाइक पुरस्कारस्वरूप प्राप्त गरे । दुईदिने प्रतियोगितामा ४ सय ७५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक मन्डेकाजी श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्