नेपालले पायो २ सय ३१ रनको लक्ष्य



न्युज अफ नेपाल, काठमाडौं ।

आईसीसी विश्व कप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले २ सय ३१ रनको लक्ष्य पाएको छ । ओमानको अमेरात मैदानमा भएको खेलमा अमेरिकाले निर्धारित ५० ओभरम ९ विकेटको क्षतिमा २ सय ३० रन बनायो ।

नेपालको तर्फबाट सुसन भारी, सन्दीप लामिछाने र बिक्रम सोबले २/२ विकेट लिए । एक विकेट कुशल मल्लको नाममा रह्यो भने दुई ब्याटसम्यान रनआउट भएका हुन् । अमेरिकाको तर्फबाट मोनान्क पटेलले शतक प्रहार गरे ।

उनले १ सय १४ बलको सामना गर्दै ९ चौका र १ छक्काको सहयोगमा १ सय रन बनाएका हुन् । उनलाई बिक्रम सोबले क्लिन बोल्ड गरेर आउट गरे । तर, त्यतिन्जेल अमेरिकाले २ सय रन बनाइसकेको थियो ।

नेपाली बलरले राम्रो प्रदर्शन गरेपनि मोनान्क नेपालका लागि बाधक बनिदिए । उनलाई छिटै आउट गर्न नसक्दा नेपालले २ सय भन्दा बढी रनको लक्ष्य पाएको हो ।

प्रतिक्रिया दिनुहोस्