ब्रिटेनलाई ४४ वर्षपछि ग्रान्डस्लाम



लन्डन, (एजेन्सी) ।

एम्मा राडुकानुले ग्रान्डस्लाम महिला सिंगल्सका लागि ब्रिटेनको ४४ वर्षको उपाधिको पर्खाइ समाप्त गरेकी छन् ।

राडुकानुले न्युयोर्कमा भएको यूएस ओपन फाइनलमा क्यानाडाकी लेलाह फर्नान्डेजलाई हराएकी हुन् । उक्त फाइनल दुई युवा खेलाडीबीच भएको थियो । राडुकानु १८ वर्षकी हुन् भने फर्नान्डेज १९ वर्षकी हुन्, जसमा राडुकानुले बाजी मारिन् । उनले सो खेल ६–४, ६–३ ले जितेकी हुन् ।

ब्रिटेनको तर्फबाट महिला खेलाडीमा पछिल्लोपटक भर्जिनिया वाडेले जितेकी थिइन् । उनले सन् १९७७ मा विम्बल्डन उपाधि जितेकी थिइन् । यूएस ओपनमा भने ब्रिटिस महिला खेलाडीले पछिल्लोपटक सन् १९६८ मा जितेकी थिइन् । यो उपाधि जित्ने खेलाडी पनि वाडे नै थिइन् । राडुकानुले ५३ वर्षपछि ब्रिटेनलाई यूएस ओपन उपाधि दिलाइन् ।
यसैगरी, राडुकानु ग्रान्डस्लाम उपाधि जित्ने दोस्रो युवा महिला खेलाडीसमेत बनिन् । रुसकी मारिया सारापोभाले सन् २००४ मा विम्बल्डन

उपाधि १७ वर्षको उमेरमा जितेकी थिइन् । त्यसबेला सारापोभाले अमेरिकाकी सेरेना विलियम्सलाई हराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्