गोकुलेश्वर टी–२० असोजमा



विनोद सिंह विष्ट, बैतडी ।

वर्षकै सर्वाधिक धनराशीको दोस्रो संस्करणको खुल्ला गोकुलेश्वर टी–२० क्रिकेट च्यालेन्ज प्रतियोगिता आगामी असोजको तेस्रो साताबाट सञ्चालन हुने भएको छ ।

नागार्जुन क्रिकेट क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता असोज १६ गतेदेखि दार्चुलाको गोकुलेश्वरमा सञ्चालन हुने भएको हो । प्रतियोगिताको विजेता टोलीले नगद ६५ हजार ५ सय ५५, उपविजेता टोलीले २५ हजार ५ सय ५५ र तेस्रो हुने टोलीले ११ हजार ५ सय ५५ रुपियाँ पुरस्कार पाउने आयोजकले जनायो । यसका साथै म्यानअफ द सिरिजलाई २ हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समान १/१ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगितामा देशभरका जुनसुकै जिल्लाका खेलाडी पनि सहभागी हुन पाउने जनाइएको छ । तर, टिममा भने एउटै वडाका खेलाडीहरू मात्रै समावेश गर्न पाइने आयोजक क्लबका अध्यक्ष करन विष्टले जानकारी दिए । टेनिस बलको प्रयोगले सञ्चालन हुने प्रतियोगिताका खेलहरू लिग चरणमा खेलाइनेछन् ।

पहिलो संस्करण गतवर्ष देखि शुरू भएकोमा २१ टोली सहभागी रहेका थिए । प्रतियोगिताको विजेताले ६१ हजार १ सय ११ र उपविजेताले २३ हजार ३ सय ३३ नगद प्राप्त गरेका थिए । गतवर्षको उपाधि पिपलकोट क्रिकेट क्लब दोगडाकेदारलाई ४८ रनले पाखा लगाउँदै निंग्लाशैनी क्रिकेट क्लब (एनसीसी) देहीमाडौंले हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्