पूर्वसदस्य–सचिव राणाको निधन



काठमाडौं, (नेस) ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य–सचिव रुक्मशमशेर राणाको निधन भएको छ ।

राणाको शुक्रबार राति ८५ वर्षको उमेरमा बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो । स्व. राणा दुईपटक राखेपको सदस्य–सचिव बनेका थिए । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी), नेपाल तेक्वान्दो संघ, नेपाल एथलेटिक्स संघका पूर्वअध्यक्ष हुन् । राणा एनओसीका मानार्थ अध्यक्ष थिए । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले राणाको पार्थिव शरीरमा राखेपको झन्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्व. राणाको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

राखेपले राणाको निधनमा गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ । साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । राणाको निधनमा राखेपले आइतबार अपरान्ह ४ बजे, त्रिपुेश्वरस्थित राखेप परिसरमा शोकसभा आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्