लिम्पिया र गोकर्णलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं। 

लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्सतर्फ विजेता बनेका हुन् । सामाखुसीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित ग¥यो । लिम्पियाको जितमा संगम तामाङले ९ अंक योगदान गरे । लिम्पियाका विवेक यादव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेताले ७ हजार र उपविजेताले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

गल्र्सको उपाधि भिडन्तमा गोकर्णेश्वरले न्यु मिलिनियमलाई १०–९ ले हरायो । गोकर्णेश्वरकी विनामणि योञ्जनले ६ स्कोर गरिन् । उनी नै ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिइन् । लिम्पियाले ५ हजार तथा गोकर्णेश्वरले ३ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा ब्वाइजतर्फ २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउट आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ९ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्