रोनाल्डोले डेब्युमै गरे दुई गोल



लन्डन, (एजेन्सी) ।

क्रिस्टियानो रोनाल्डोले डेब्युमै दुई गोल गर्दा प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ ।
ओल्ड ट्राफोर्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ ले हराएको हो । टोलीको जितमा

रोनाल्डोले दुई तथा ब्रुनो फर्नान्डेज र लिन्गार्डले १/१ गोल गरेका हुन् । न्युक्यासलको तर्फबाट म्यानक्विलोले एक गोल फर्काएका थिए । रोनाल्डोले खेलको पहिलो हाफको इन्जुरी समयमा रिबाउन्ड भएको बललाई गोलमा परिणत गरेर टोलीलाई १–० को अग्रता दिलाए ।

दोस्रो हाफमा न्युक्यासलले ५६ औं मिनेटमा गोल फर्काएपछि खेल १–१ बराबरीमा पुगेको थियो । तर, यसको ६ मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुन अग्रतामा राखेका थिए । यसपछि फर्नान्डेजले ८० औं मिनेटमा लंग रेन्जमा गोल गरेर टोलीलाई ३–१ को अग्रतामा पुर्‍याए । यसपछि गोल नभएपछि म्यानचेस्टर युनाइटेडले स्पष्ट ३ अंक जोडेर ४ खेलमा १० अंक जोड्यो तर, न्युक्यासल हारेर एक अंकसहित रेलिगेसन जोनमा कायमै रहेको छ ।

७ नम्बर जर्सी लगाएका रोनाल्डोको यो क्लबमा दोस्रो स्पेल हो । यसअघि उनले २००३ देखि २००९ सम्म ओल्ड ट्राफोर्डमा खेलेका थिए । उनले ला लिगाको रियल मेड्रिडमा जान अघि म्यानचेस्टर युनाइटेडबाट १ सय १८ गोल गरेका थिए । सन् २०१८ मा उनी सिरी ए क्लब युभेन्टसमा गएका थिए । हालिया सिजनमा उनी फेरि युनाइटेडमा फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्