स्कलर्स बास्केटबल आजदेखि



काठमाडौं, (नेस) ।

स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ २८ र गल्र्समा ९ टिमको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजको नकआउट तथा गल्र्सको लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ ।

ब्वाइजमा पहिलो हुनेले ७ हजार तथा दोश्रोले ४ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रशिक्षक सन्दीप बराइलीले जानकारी दिए । गल्र्समा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ५ र ३ हजार नगद पुरस्कार जित्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरू सामाखुसीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्