त्रिभुवन आर्मीका खेलाडी विजेता



नेपाल समाचारपत्र, काठमाडौं ।

दक्षिण कोरियामा गत श्रावणमा सम्पन्न डाएजीएन एमबीसी सिओचिओन अन्तर्राष्ट्रिय भर्चुअल ओपन तेक्वान्दो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडी विजेता बनेका छन् । पेयर पुम्से, व्यक्तिगत पुम्से महिला विधामा दुई स्वर्ण, व्यक्तिगत पुम्से पुरुष र पेयर पुम्सेमा एक–एक रजत आर्मीका खेलाडीले प्राप्त गरेका हुन् । यस्तै, पेयर पुम्सेविधामा कांस्यपदक गरी नेपाल आर्मीको सो क्लबले कुल ५ पदक जितेको हो ।

यस्तै, नेपाल तेक्वान्दो संघको आयोजनामा यही भाद्रमा सम्पन्न दशौँ कोरियन एम्बासडर ओपन राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा पनि त्रिभुवन आर्मीका खेलाडी विजयी बने । एरोबिक विधामा एक स्वर्ण, टिम पुम्से र व्यक्तिगत पुम्से महिलातर्फ एक–एक रजत जिते भने टिम पुम्से र व्यक्तिगत पुम्से महिला, व्यक्तिगत पुम्से पुरुष र पेयर पुम्से गरी आर्मीले कुल ९ पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्