हरेराम जोशी स्मृति टेटे हुने



काठमाडौं, (नेस) ।

हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १५औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

६ स्पर्धामा भिडन्त हुनेछ । पुरुष/महिला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान खुला स्पर्धामा खेल हुनेछ । एकदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्