पौडी र तेक्वान्दो टोली सर्बिया जाँदै



काठमाडौं, (नेस) ।

आईएसएफ यू–१५ वल्र्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी हुन १५ खेलाडीसहित २४ सदस्यीय नेपाली पौडी र तेक्वान्दो टोली बिहीबार सर्बियाको बेल्ग्रेड प्रस्थान गर्दैछ ।

सेप्टेम्बर ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पौडी खेलाडीमा अजलकाजी ताम्राकार, अल्भिन महर्जन, अनुसिया तण्डुकार, जाडेन श्रेष्ठ, तेन्जिन नाम्दोलरियन गुरुङ, टिशा चित्रकार, तेजश्वी फाइजु, पलिस्था महर्जन र यात्रा केसी रहेका छन् । तेक्वान्दो खेलाडीमा सुजल कार्की, लवाङ लामा, शेख इरफान, प्रतिष्ठा केसी, सुविना तामाङ र सिमानी लामा छन् ।

पौडीको प्रशिक्षकमा नयना शाक्य, तेक्वान्दोको प्रशिक्षकमा रोशन बोहरा र सुवास तामाङ तथा टिम व्यवस्थापकमा सोविनराज रेग्मी छन् । आईएसएफ डेलिगेटमा राजकुमार कार्की, हेड अफ डेलिगसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा मीना महर्जन र एडिसनल अफिसियलमा देवेन्द्र रानामगर छन् । तेक्वान्दोका राकेशकुमार राईले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्