कराते टोली स्विट्जरल्यान्ड जाने



काठमाडौं, (नेस) ।

एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दैछन् ।

सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने बताइएको छ ।

अफिसियलमा प्रज्ज्वल प्रतिक क्षेत्री छन् । सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल गोजुरियो कराते संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्रले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली कतार एयरवेजबाट राति ८ बजे उड्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्