पलेशा र लामा सम्मानित



काठमाडौं, (नेस) ।

टोक्यो पारा ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई नेपाल तेक्वान्दो संघले नगदसहित मंगलबार सम्मान गरेको छ । नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशा र लामालाई सम्मानित गरेको हो । पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारा ओलम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् ।

अन्तर्राष्ट्रिय लेभल–२ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए । पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा पारा तेक्वान्दो खेलाडीको विश्व वरीयतामा पाँचौं स्थानमा उक्लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्