११ खेलाडी छनोट



काठमाडौं, (नेस) । 

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।

दक्षिण कोरियाको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो ।

अब्सुलुट तेक्वान्दो डोजाङकी गुनमाया गुरुङ, कोटेश्वरकी सन्ध्या लामा, गोदावरी इन्टरनेसनलकी रोशनी सिलवाल, नेपाल प्रहरीकी पार्वती गुरुङ, अब्सुलुटका सुभन गुरुङ, मूलपानीका भिजन तामाङ, गोदावरीका सृजल श्रेष्ठ, प्रहरीका कमल श्रेष्ठ, मूलपानीका मधुसूदन सापकोटा, नेपालगन्जका राजेन्द्रबहादुर आले र स्युचाटारका राम गोले छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्