‘ए’ डिभिजन फुटसल लिगको टाइसिट जारी



काठमाडौं, (नेस) ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको टाइसिट जारी गरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच आगामी असोज २ गतेबाट २२ गतेसम्म पोखरामा आयोजना हुने राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगका टाइसिट जारी गरेको हो ।

कुल १० टिमहरूको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा द राइजिङ क्लब धरानले स्काई गोल्स काठमाडौंको सामना गर्नेछ । सो खेल दिउँसो २ बजेबाट शुरू हुनेछ । सोही दिनको दोस्रो खेलमा दिउँसो साढे ४ बजे स्पोर्ट क्यास्टल पोखरा र प्रभातफेरी युथ क्लब प्रतिस्पर्धा गर्नेछन् ।

लिगको विजेताले १० लाख नगद पुरस्कार पाउनेछ भने दोस्रो हुनेले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, व्यक्तिगत सर्वश्रेष्ठ खेलाडी तर्फ सर्वश्रेष्ठ स्ट्राइकर, सर्वश्रेष्ठ गोलकिपर, सर्वश्रेष्ठ डिफेन्डर, सर्वश्रेष्ठ कोच र उदीयमान खेलाडीले जनही २५–२५ हजार रुपयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी टिमहरू :

प्रदेश १ः

फुटसल ५ धरान, द राइजिङ क्लब धरान

बागमती प्रदेशः

धुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरी युवा क्लब, स्काई गोल फुटसल ।

गण्डकी प्रदेशः

स्पोर्टस क्यासल, सविन मेमोरियल फुटसल क्लब
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशः
लुम्बिनी फुटसल, झरना स्पोर्ट्स क्लब

प्रतिक्रिया दिनुहोस्