पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी



काठमाडौँ ।

पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो।

पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाउनुभयो । उहाँले ६५ बल खेल्दै दुई चौका प्रहार गर्नुभयो । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिनुभयो । उहाँले ४६ बलमा चार चौका हान्नुभयो ।

नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आउनुभएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाउनुभयो । सो क्रममा उहाँले एक एक छक्का र चौका प्रहार गर्नुभयो । यस्तै कुशल भुर्तेलले १५ रन बनाउनुभयो । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुईरदुई तथा नोसिना पोकानाले एक विकेट लिनुभयो ।

यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिनुभएन । उहाँले कसिलो बलिङ गर्दै चार विकेट लिनुभयो । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिनुभयो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाउनुभयो । टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किनुभयो ।

बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुईरदुई विकेट लिनुभयो । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गर्नुभएका सोबले पहिलो बलमै विकेट लिनुभएको थियो । उहाँले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काउनुभएको थियो । यस्तै सोमपाल कामीले एक विकेट लिनुभयो ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्