कार्यदलले प्रतिवेदन बुझायो



काठमाडौं, (नेस)।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत देशव्यापी रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गरी विवरण संकलन गर्न गठित भौतिक पूर्वाधार व्यवस्थानसम्बन्धी कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको छ ।

राखेपकी सदस्य एवं कार्यदलकी संयोजक सुवर्णकेशरी श्रेष्ठले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई एक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गरिन् । गत चैत २३ गते राखेपले श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्