मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा



काठमाडौं

नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच यही १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो ।

गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआईएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री रहेका छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धुसमेत नेपाल भ्रमणमा रहनेछन् ।

नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले न्युज कारखानालाई जानकारी दिए । टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम रहेको छ ।

यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली हिजो (आइतबार) काठमाडौ फर्किएको हो ।

भारतीय टोली

गोलरक्षक :गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम, अम्रिन्दर सिंह

डिफेण्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश बोस, सेरिटन फर्नाण्डेज,

मिडफिल्डर : अनिरुद्र थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह

स्ट्राइकर : मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी

प्रतिक्रिया दिनुहोस्