नेपाली मुक्केबाज छिरिङ्ग सेमिफाइनलमा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली मुक्केबाज छिरिङ्ग शेर्पा वा‌ङ्गडी दुबईमा जारी एएसबीसी युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

आइतबार भएको ५४ केजी तौलसमूहको क्वार्टरफाइनलमा उनले कुवेती खेलाडी मोहमद एलेनेजीलाई अंकको आधारमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । योसँगै नेपालले जारी प्रतियोगितामा दोस्रो पदक पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्