लेइपजिगद्वारा स्टुटगार्ट पराजित



बर्लिन, (एजेन्सी) ।

जर्मन बुन्डेसलिगा फुटबलमा भीएफवी स्टुटगार्टलाई पराजित गर्दै आरबी लेइपजिगले पहिलो जित निकालेको छ ।

शुक्रबार राति स्टुटगार्टलाई ४–० गोलअन्तरले पराजित गर्दै लेइपजिगले लिगमा पहिलो तीन अंक जोडेको हो । लेइपजिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गोल गरे । त्यस्तै, इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा डोमिनिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४६औं मिनेटमा इमिलले गोल गर्दा

लेइपजिगको अग्रता २–० को बन्यो । खेलको ५२ औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो गोल गर्दा लेइपजिगको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको ६८ औं मिनेटमा सिल्भाले पेनाल्टीमा गोल गर्दै लेइपजिगलाई ४–० को जित दिलाए ।

जितसँगै लेइपजिगले दुई खेलमा तीन अंक जोडेको छ । लेइपजिग तालिकाको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा लेइपजिग मैन्जसँग पराजित भएको थियो । स्टुटगार्टले भने दुई खेलमा ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्