रामस्डेल आर्सेनलमा अनुबन्धित



लन्डन, (एजेन्सी) ।

आर्सेनलले युवा गोलकिपर आरोन रामस्डेललाई अनुबन्धन गरेको छ ।

आर्सेनलले युरोकप फाइनलिस्ट गोलकिपर रामस्डेललाई ३५ मिलियन युरोमा सेफिल्ड युनाइटेडबाट अनबुन्धन गरेको हो । २३ वर्षीय रामस्डेलले लन्डन क्लबसँग चार वर्षको सम्झौता गरेका हुन् । अब उनी सन् २०२५ सम्म आर्सेनलनमा रहनेछन् । सेफिल्ड यसै सिजन शीर्ष डिभिजनबाट रेलिगेसनमा परेको थियो ।

रामस्डेल सेफिल्डकै एकेडेमीका उत्पादन हुन् । उनी सन् २०१७ मै सेफिल्डबाट बोर्नेमाउथ पुगेका थिए । त्यसपछि सन् २०२०मा बोर्नमाउथ शीर्ष डिभिजनमा रेलिगेसनमा परेपछि रामस्डेल पुनः सेफिल्ड फर्किएका थिए ।

बोर्नमाउथमै रहँदा उनले दुई सिजन लोनमा लिग दुई क्लब चेस्टरफिल्ड र लिग वान क्लब एएफसी विम्बल्डनबाट पनि खेलेका थिए । बोर्नमाउनमा उनले ३७ म्याच खेलेका थिए । ती सबै सन् २०१९–२० मा खेलेको थियो । त्यस्तै उनले सेफिल्डबाट ४४ म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्