पीएसजीको लगातार तेस्रो जित



France Soccer League One

पेरिस, (एजेन्सी) ।

फ्रेन्च लिग वान फुटबलमा सबैभन्दा ठूलो टोली पीएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

शुक्रबार राति भएको नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले ब्रेस्टलाई उसैको घरेलु मैदानमा ४–२ गोलअन्तरले हराएको हो । पीएसजीले यसअघिका दुईवटै खेलमा जितको नतिजा निकालेको थियो । टोलीका प्रमुख खेलाडी नेयमार र यसै सिजन भित्रिएका लिओनल मेसीबिनै पनि पीएसजीले लगातार जित निकालेको छ । अबे मैदानमा पीएसजीको जितमा पहिलो गोल खेलको २३औं मिनेटमा एन्डर हेरेराले गरेका थिए ।

त्यसपछि दोस्रो खेल ३६औं मिनेटमा क्लियन एमबाप्पेले गरे भने तेस्रो गोल ७३औं मिनेटमा इड्रिसा गुएईले गरे । चौथो गोल ९०औं मिनेटमा एन्जल डी मारियाले गरेका थिए । यता, पराजित घरेलु टोली ब्रेस्टका लागि ४२औं मिनेटमा फ्रान्क होनोर्टले गरे भने दोस्रो गोल ८५औं मिनेटमा स्टेभ मोउनले गरेका थिए ।

पीएसजीबाहेक तुलनात्मकरूपमा अधिकांश कमजोर टोली रहेको लिग वानमा पीएसजी मात्रै यस्तो टिम हो, जुन टिम स्टार र सुपरस्टार खेलाडीले भरिएको छ । अब यो जितपछि पीएसजीले शुरूवाती तीन वटै खेल जितेर ९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्