स्व. शाहको परिवारलाई आर्थिक सहयोग



काठमाडौं, (नेस) ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सानका प्रशासकीय अधिकृत स्व. विकासविक्रम शाहको परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

राखेपमा कार्यरत स्थायी कर्मचारीहरूको जेठ महिनाको तलबबाट १.५ प्रतिशत रकम कट्टा गरी संकलन भएको २ लाख ५७ हजार ८७ रुपियाँ स्व. शाहको परिवारलाई प्रदान गरिएको हो ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. शाहका भाइ विशालविक्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । शाहको गत चैत १६ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्