आयशालाई कांस्य


काठमाडौं, (नेस) ।

आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिप २०२१ मा कांस्यपदक जितेकी छिन् । विश्व तेक्वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनि उमेर समूहमा कांस्यपदक जितेकी हुन् ।

आयशाले कांस्यपदक जितेको स्पर्धामा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजतपदक हासिल गरिन् । चाइनिज ताइपेइकी चेन (७.३४) र नेपालकी आयशा (७.१९) ले कांस्यपदक हासिल गरेका हुन् । अन्तिम चरणमा ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि पहिलो चरणमा १३ जनाले प्रतिस्पर्धा गरेको यस इभेन्टमा आयशा ६.७५ को स्कोर जोड्दै अन्तिम चरणमा प्रवेश गरेकी थिइन् । फाइनलमा आफ्नो प्रदर्शन सुधार्दै उनी कांस्य जित्न सफल भएकी हुन् ।

नेपालबाट यसै प्रतियोगिताको शिशिर श्रेष्ठ, कृष्णबहादुर तामाङ, रेजिन रिमालले, संजिला तिमल्सिना, प्रशंसा क्षेत्री, निता गुरुङ, सिना मादेन , स्यामुएल तामाङ, आश्विन राई, उज्ज्वल घले, इश्वर सेढाइ र दीपेन्द्र गुरुङले पनि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।