डेडलाइनले आईपीएलको टोलीलाई समस्या



नयाँ दिल्ली, (एजेनसी) ।

यूएईमा आईपीएल २०२१ को दोस्रो चरण शुरू हुनअघि आठ फ्रेन्चाइजी टोलीलाई केही समस्या आइपरेको छ । बीसीसीआईले आठ टोलीको लागि आफ्नो अन्तिम टोलीका बारे जानकारी दिन अगस्ट २० सम्मको समयसीमा तोकिएको छ । केही फ्रेन्चाइजी टोली यस लिगमा अस्टे«लिया र इंग्ल्यान्डका खेलाडीहरूलाई भागीदार गराउन अनुमति पर्खिरहेका छन् ।

यसअघि सीए र ईसीबीले बताएका थिए कि उनका खेलाडीहरूमाथि निर्भर गर्छ कि आईपीएलमा भाग लिन चाहेका छन् वा छैनन् । स्रोतका अनुसार केही क्रिकेटरहरूसँग कुराकानी अहिले पनि चलिरहेको छ । जबकी अहिलेसम्म कुनै ठोस जानकारी सामुन्ने नआएको पनि स्रोतले बताएको छ । आईपीएलको दोस्रो चरण शुरू हुन एक महिना बाँकी रहेको छ तर, फ्रेन्चाइजी टोलीहरू भाग लिनको लागि तयार देखिरहेको छैन ।

स्रोतले बतायो कि फ्रेन्चाइजका अधिकारीका अनुसार २० अगस्टसम्म खेलाडी जम्मा गर्नु पर्नेछ तर उनीहरूले त्यसो पुष्टि गर्न सकिरहेका छैनन् । सबै विदेशी खेलाडी उपलब्ध हुन्छ वा हुँदैनन् उनीहरूले भन्न सकिरहेका छैनन् । उनीहरूले केही खेलाडीहरूसँग कुरा गरिरहेका छन् । अहिलेसम्म चेन्नाई सपर किंग्ससँग मात्रै पुरै टोली रहेको छ । राजस्थान रोयल्समा जोस बटलर र बेन स्टोक्सको सहभागिता स्पष्ट भएको छैन । इंग्ल्यान्डको टोली यस वर्ष अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुने भएकोले पनि इंग्लिस खेलाडी आईपीएलमा उपलब्ध हुने वा होइन सन्देह भएको हो । इंग्ल्यान्डको टोली टी–२० विश्वकपपछि एसेजको लागि अस्टे«लियाको यात्रा गर्नेछ । त्यसपछि वेस्टइन्डिजको यात्रा गर्नेछ ।

फ्रेन्चाइज टोलीका अन्य अधिकारीले बताए कि आधिकारिकरूपमा जवाफ दिन बीसीसीआईको ढिलाईले गर्दा अन्तिम समयमा समस्या आएको छ । उनीहरूलाई खबर आएअनुसार खेलाडीको उपलब्धताबारे सुनिरह्यो तर, बीसीसीआईले आधिकारिक रूपमा अगस्टमा मात्रै पुष्टि गर्‍यो । यसैले उनीहरूको लागि २० अगस्टको डेडलाइन अलि छिटो भएको बताइयो ।

आईपीएल २०२१ को कोरोनाको कारण भारतमा स्थगित गरिएको हो । २९ खेल सकिएपछि स्थगित गरिएको आईपीएल यूएईमा पुन शुरू हुन लागेको हो । १९ सेप्टेम्बरदेखि शुरू हुने आईपीएलको फाइनल खेल १५ अक्टोबरमा आयोजना हुनेछ । दुबई, अबुधाबी र सारजहामा प्रतियोगितामा बाँकी ३१ खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्