जापान ग्रान्ड प्रिक्स रद्द



टोकियो, (एजेन्सी) ।

जापानको सुजुकामा हुने भनिएको जापान ग्रान्ड प्रिक्स रद्द गरिएको छ ।

आयोजकले बुधबार एक विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण जापान ग्रान्ड प्रिक्स फर्मुला वान रेस रद्द गरेको जनाएको हो । यसअघि जापान ग्रान्ड प्रिक्स फर्मुला वान रेस अक्टोबर ८ देखि १० सम्म सुजुकामा हुने तालिका थियो ।

जापान सरकारले कोरोनाका कारण प्रतियोगिता नगर्न निर्देशन दिएपछि आयोजकले अर्को वर्षसम्मका लागि प्रतियोगिता रद्द गरेका हुन् । योसमेत लगातार दोस्रो वर्ष जापान ग्रान्ड प्रिक्स रद्द गरिएको हो । गत वर्ष पनि कोरोना महामारीकै त्रासका कारण प्रतियोगिता आयोजना हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्