सागका स्वर्ण विजेता राईको निधन



काठमाडौं, (नेस) ।

नेपाललाई दक्षिण एसियाली खेलकुद सागमा कराँतेमा स्वर्ण दिलाएका पूर्व खेलाडी कृष्णबहादुर राईको निधन भएको छ ।

पछिल्लोपटक स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि नेपाल पुलिस अस्पतालमा भर्ना गराइरहेका राईको बुधबार निधन भएको हो । राईले आठौं सागमा नेपाललाई टिम कातामा स्वर्ण दिलाएका थिए । यसका साथै २०५५ मा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेमा एकल कातामा स्वर्ण जितेका थिए ।

पछिल्लो केही दिनदेखि उनको स्वास्थ्य अवस्था झन् खराब भएपछि उनलाई अस्पतालमा नै भर्ना गरिएको थियो । तर, उपचारका क्रममा नै उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्