फुटबल टोलीबाट भरत बाहिरिए



नेपाल समाचारपत्र, काठमाडौं । 
नेपाली राष्ट्रिय फुटबल टोलीको तेस्रो चरणका लागि २८ जना खेलाडी छनोट भएका छन् ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपको लागि तयारीस्वरूप प्रशिक्षण दिइरहेका छन् । उनले दोस्रो चरणबाट १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बिदा दिएका छन् । यसमा अनुभवी खेलाडी चार जना भरत खवास, विक्रम लामा, रन्जित धिमाल, जर्ज प्रिन्स कार्की टोलीबाट बाहिरिए ।

अन्यमा त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दीप पौडेल, विशाल सुनार, राजीव लोप्चन र सन्जोक राई रहेका छन् । यसपटक साफ च्याम्पियनसिप मालदिभ्समा हुँदैछ । अक्टोबरमा हुने सो प्रतियोगिताअगावै नेपालले भारतसँग दुई मैत्री खेल खेल्ने पनि जनाएको छ । खेल भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्