पारालिम्पिक गेम्समा दर्शक प्रवेश नराउने



टोक्यो, (एजेन्सी) ।

यही २४ अगस्टदेखि शुरू हुने टोक्यो पारालिम्पिक गेम्समा दर्शकलाई प्रवेश गराउन नदिने आयोजकले जनाएको छ । जापानको शहर कोरोना भाइरससँग संघर्ष गरिरहेकोले दर्शकलाई रंगशालामा प्रवेश गराउन नसक्ने भएको हो ।

जापानी सरकारले राज्यमा संकटकालको अवधि बढाएको छ । टोक्यो, साइतामा, चिबा र सिजुओकामा कोरोना भाइरसको संक्रमण बढिरहेकोले त्यस शहरहरूका रंगशालाबाहिर र सडकमा पनि दर्शकलाई आवतजावतमा रोक लगाइएको छ । यसअघि सम्पन्न टोक्यो ओलम्पिकमा पनि दर्शकलाई प्रवेश गराएको थिएन ।

प्रतिक्रिया दिनुहोस्