एम्बाप्पे रियल मेड्रिडमा जाने



पेरिस, (एजेन्सी) ।

क्लियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर ला लिगा क्लब रियल मेड्रिडमा जाने मन बनाएको स्पेनी अखबार मार्काले जनाएको छ ।

एम्बाप्पेले फ्रेन्च ला लिगा वान क्लब पीएसजीसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न मानेका छैनन् । पीएसजीमा लियोनल मेसीको आगमन भएपछि विश्वकै उत्कृष्ट एट्याक संरचना भएको छ । मेसी, नेयमार र एम्बाप्पेको एट्याकलाई विश्वका कुनै पनि टोलीले थेग्न नसक्ने बताइरहेको अवस्थामा एम्बाप्पेले भने पीएसजीमै रहिरहन अस्वीकार गरेका छन् । रियलले उनलाई १ सय ५० मिलियन युरो तिर्ने तयारी रहेको पनि मार्काले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्