फेडररको घुँडाको तेस्रोपटक शल्यक्रिया



जुरिच, (एजेन्सी) ।

रोजर फेडररको दायाँ घुँडाको तेस्रोपटक शल्यक्रिया गर्नुपर्ने भएको छ । यही कारण उनले आउँदो अमेरिकी ओपन खेल्ने छैनन् । उनले बताए कि उनी केही महिना टेनिसबाट टाढा हुन सक्नेछन् । तर, उनले कोर्ट फर्कने समय चाँडै आउन नसक्ने बताएका छन् ।

फेडररले आइतबार इन्स्टाग्राममा भिडियो सन्देशद्वारा यसको जानकारी दिएका थिए । उनले बताए–‘मैले घुँडाको चोट डाक्टरहरूलाई देखाएँ र जानकारी पनि लिएँ । मेरो घुँडामा विम्बल्डन टेनिस प्रतियोगिता दौडान चोट परेको थियो । डाक्टरले मलाई शल्यक्रिया गर्नुपर्ने बताएका छन् । कयौं महिना म वैशाखीको सहारामा हुनेछु ।’

प्रतिक्रिया दिनुहोस्