नेपालले पपुआ न्युगिनीसँग दुई खेल खेल्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालले पपुआ न्युगिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) खेल्ने मिति सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार यही भदौ २० र २३ गते खेल्ने पक्का भएको हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक वानडे सिरिजपूर्व नेपालले पपुआ न्युगिनीसँग दुई वटा वानडे खेल्न लागेको हो । ती खेल ओमानमा हुनेछन् ।

विश्वकप लिग–२ त्रिकोणात्मक वानडे सिरिज भने भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ, जसमा नेपाल, ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन् । उक्त लिग २ को अंकतालिकामा नेपालले ४ खेल खेलेकोमा ४ अंक नै जोडेको छ । नेपाल अंकतालिकाको छैटौं स्थानमा रहेको छ ।
उक्त अंकतालिकामा ओमान १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । अमेरिका १२ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ९ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै नामिबिया ८ अंकसहित चौथो, संयुक्त अरब इमिरेट्स ७ अंकसहित पाँचौं र पपुआ न्युगिनी पुछारमा छ । पपुआ न्युगिनीले ८ खेल खेले पनि अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्