रियलको सहज जित



लन्डन, (एजेन्सी) । 

स्पेनिस ला लिगा फुटबलअन्तर्गत नयाँ सिजन २०२१–२२ को पहिलो खेलमा रियल मेड्रिडले सहज जितसँगै विजयी शुरूवात गरेको छ ।

शनिबार राति भएको पहिलो खेलमा रियलले अवे मैदानमा अलाभेसलाई ४–१ को गोलअन्तरमा पराजित गर्दै नयाँ सिजनको सुखद् शुरूवात गरेको हो । खेलमा भएको पाँचवटै गोल पहिलो हाफमा सम्भव भएका थिए । रियलले खेलको ४८औं मिनेटमा बेन्जेमाको गोलबाट शुरूवाती अग्रता लिएको थियो । डीबक्सभित्र हाजार्डले चलाखीपूर्वक दिएको पासमा बेन्जेमाले कुनै गल्ती नगरी बललाई जाली चुमाएका थिए । त्यसपछि ५६औं मिनेटमा लुका मोड्रिचको फ्रिकिक प्रहारमा डीबक्सभित्र रहेका डिफेन्डर नाचोले स्लिप टचमा गोल गर्दै खेल २–० बनाए ।

त्यसपछि, खेलको ६२औं मिनेटमा रियलका लागि बेन्जेमाले तेस्रो गोल गरे । यसपटक उनले हानेको पहिलो प्रहार गोलकिपरबाट रिबाउन्ड भए पनि सोही फर्किएको बललाई पुनः प्रहार गर्दै गोल गरेका थिए । तर, खेलको ६५औं मिनेटमा अलाभेसका लागि जोसेलुले पेनाल्टीमार्फत् एक गोल फर्काए । रियलका गोलकिपर थिबाउट कार्टुवाले अलाभेसका खेलाडीलाई डीबक्समा फाउल गरेर लडाएपछि रेफ्रीले अलाभेसलाई पेनाल्टी दिएका थिए ।

त्यसपछि, रियलले इन्जुरी समयमा चौथो गोल सम्भव पा¥यो । यसपटक सब्सिच्युट युवा खेलाडी भिनिसियस जुनियरले डेभिड अल्बाको पासमा गोल गरेपछि खेल रियलले ४–१ ले जित्यो । अब यो जितका साथ रियलले पहिलो खेलबाट ३ स्पष्ट अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्