पहिलो चरणबाट १७ खेलाडी बाहिरिए



नेपाल समाचारपत्र, काठमाडौं ।

आगामी एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् । योसँगै दोस्रो चरणमा २८ खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् । दोस्रो चरणमा पुग्न नसक्नेमा सावित्री किसान, सपना राई, सृजना चेम्जोङ, रविना गोले, सुष्मा तामाङ, सुनिता चौधरी, सपना लामा, घिमकुमारी गुरुङ, सृजना खड्का, निर्मला विक, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, शिवानी कुसवार, सरस्वती हमाल, कुसुम खतिवडा, सलोनी राना मगर र चुमालुङ्मा राई रहेका छन् । नेपाली महिला टोलीलाई मुख्य प्रशिक्षक गेरी फिलिप्सले प्रशिक्षण दिइरहेका छन् । नेपालले एएफसी एसियन कप २०२२ को छनोट चरणमा फिलिपिन्स र हङकङसँग उज्वेकिस्तानमा खेल्दैछ ।

२८ सदस्यीय टोली : अन्जना रानामगर (गोलरक्षक), एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक), उषा नाथ (गोलरक्षक), अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, बिमला विक, बिमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हिरा कुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मन्जली तामाङ (योन्जन), निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी कुमारी घिसिङ, रेनुका नगरकोटी, सविता रानामगर, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह ।

प्रतिक्रिया दिनुहोस्