स्व. राजेशहरी जोशी स्मृति चेस हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष, विश्व बुद्धिचाल महासंघ फिडेका इथिक्स कमिसनका सदस्य तथा सहकारी अभियन्ता स्व. राजेशहरि जोशीको स्मृतिमा चेस प्रतियोगिता हुने भएको छ ।

यही भदौ २२ गतेदेखि २६ गतेसम्म ललितपुर कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा स्व. राजेशहरि जोशी स्मृति खुल्ला फिडे रेटिङ रनिङ बुद्धिचाल प्रतियोगिता हुनेछ । नेपालको बुद्धिचाल खेललाई अन्तराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका जोशीको स्मृतिमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा कुल नगद पुरस्कार ३ लाख १० हजार रहेको छ । कोभिडलाई ध्यानमा राखेर सामाजिक दूरीलाई कायम राख्न १ सय जना खेलाडीलाई मात्र सहभागिता गराइनेछ ।

स्विस लिगअनुसार हुने प्रतियोगितामा खुल्लातर्फ विजेताले ५० हजार, उप विजेताले ३० हजार र २० हजार नगद हात पार्नेछन् । त्यसै गरी महिलातर्पm विजेताले १० हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ६ हजार नगद प्राप्त गर्नेछन् । अनरेटेड, भेट्रान र विभिन्न समूहमा गरी ३८ जना खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रत्येक वर्ष आयोजना गर्ने उद्देश्यसहित ललितपुर स्पोर्ट्स क्लबको आयोजना हुने प्रतियोगितामा उपत्यका बाहिरबाट आउनेलाई आवास भट्टाको व्यवस्था गरिएको छ भने प्रतियोगिता सञ्चालन गर्न ९ पचास हजार खर्च लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्