२८ दिन क्वारेन्टिन



मेलबर्न, (एजेन्सी) ।

टोक्यो ओलम्पिकमा सहभागी भएर अस्ट्रेलिया फर्केका अस्ट्रेलियन ओलम्पिनिहरुहरूले २८ दिन क्वारेन्टिन बस्नुपरेको छ । यसलाई अस्ट्रेलियनहरूले निर्दयी भनेर बताएका छन् । अस्ट्रेलियन ओलम्पिक कमिटी (एओसी) ले बतायो–‘अरू राष्ट्रका खेलाडी देश फर्कदा खुशीयाली मनाइरहँदा हामीहरू भने नराम्रो व्यवहारमा परेका छाै‌ । हाम्रा खेलाडीलाई ओलम्पिकमा भाग लिएर आएपछि सजाय दिइरहेको जस्तै भएको छ ।’

तर, साउथ अस्ट्रेलियाको सरकारले कोभिड १९ को नयाँ भेरिएन्ट डेल्टाको जोखिम उच्च रहेको कारण यस्तो गर्नुपरेको बताएको थियो । साउथ अस्ट्रेलिया पुगेका केही खेलाडीहरू २८ दिनका लागि क्वारेन्टिन बसेका छन् । साउथ अस्ट्रेलियाको राजधानी शहर एडिलेडमा १७ लाखभन्दा बढी जनसंख्या रहेका छन् । एडिलेडमा हालसम्म १ हजारभन्दा कम कोरोना संक्रमण भएर निधन भएको छ । संक्रमतिबाट मुक्त पाउनेको संख्या ३७ हजारभन्दा कम रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्