सबैको बयान लिइयो



काठमाडौं, (नेस) ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद विषयमा सबैको बयान लिइएको छ ।

राष्ट्रिय खेलकुद परिषदअन्तर्गत बनेको छानबिन गठन समितिले बिहीबारसम्म गरी १२ जनाकै बयान लिइसकेको हो । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अलमुताइरीले नेम्वाङका कारण आपूmले पदबाट राजीनामा दिने भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । यहीँबाट नेम्वाङले छानबिन गर्नु पर्ने भनेर माग राखेका थिए । हाल नेपाली टिम पोखरामा प्रशिक्षणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्