शर्मा र लोकशको शानदार ब्याटिङ



लन्डन, (एजेन्सी) ।

भारतले इंग्ल्यान्डविरुद्धको ५ टेस्टको सिरिजअन्तर्गत दोस्रो टेस्टमा शानदार शुरूवात गरेको छ ।

बिहीबार टस हारेर ब्याटिङ गरेको भारतले पहिलो विकेटका लागि १ सय २६ रनको साझेदारी गरेको हो । रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्दा शर्माको ब्याट आक्रमक बन्यो । उनले ८३ रन जोड्दा लोकेशको योगदान ३३ रन मात्रै थियो ।

तर, शर्मा जेम्स एन्डरसनको बलमा आउट भएपछि शतक प्रहार गर्न पनि अक्षम भए । यो समाचार बनाउन्जेलसम्म भारतले १ विकेटका क्षतिमा १ सय ३६ रन बनाएको छ । लोकेश ४३ रनमा नटआउट रहेका छन् भने अर्का ब्याटसम्यान चेतेश्वर पुजाराले खाता खोलेका छैनन् ।

यो २०१० पछि भारतको शतकीय साझेदारीसमेत हो । साथै भारतभन्दा बाहिर देशमा पहिलो शतकीय साझेदारी पनि हो । पछिल्लोपटक २०१० मा दक्षिण अफ्रिकाविरुद्ध वीरेन्द्र सेहवाग र गौतम गम्भीरले सेन्चुरियनमा ओपनिङको लागि १ सय ३७ रनको साझेदारी गरेका थिए ।

शर्माले टेस्ट करियरमा १३ औं अर्धशतक लगाएका हुन् । उनले इंग्ल्यान्डमा ७ इनिङमा पहिलो अर्धशतक बनाए । शर्मा र लोकेशले लगातार दोस्रो टेस्टमा ५० भन्दा बढी रनको साझेदारी गरेका छन् । उनीहरूले यसै सिरिजको पहिलो टेस्टको पहिलो इनिङमा ९७ रन साझेदारी गरेका थिए ।

शर्मा यस वर्ष टेस्ट क्रिकेटमा ६ रन बनाउने पहिलो भारतीय ब्याटसम्यान बनेका छन् । उनले यस इनिङमा १४ रन बनाएपछि २०२१ मा ६ रन पूरा गरेका थिए । यो साल उनीभन्दा बढी रन बनाउनेमा इंग्ल्यान्डका जो रूट (१०६४ रन), श्रीलंकाका लाहिरु थिरिमाने (६५९ रन) र दिमुथ करुणारत्ने (६२४ रन) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्